SHARE
मकालु खबर · शनिबार १३ भौ २०८३ ०१:०० AM · 1 मिनेट पढाइ

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्ममा रु ६ करोड ७५ लाख निकासा गरेको हो ।