SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

विभिन्न २७ संस्था एवं व्यक्तिले गरे एकैदिन ३८ करोड ५५ लाख सहयोग

काठमाडौँ । रसुवा बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एकै दिन ३८ करोड ५५ लाख बराबर सहयोग प्राप्त भएको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था एवं व्यक्तिले उक्त रकम सहयोग गरेका हुन् ।