SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ११:२७ AM · 1 मिनेट पढाइ

बाढीबाट प्रभावित क्षेत्रमा नेपाल टेलिकमका ८० वटा ‘साइट’ पुनः सञ्चालनमा

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालनलाई तीव्रता दिएको छ । बाढीका कारण प्रभावित भएका तीन जिल्लाका १२० साइटमध्ये हालसम्म ८० वटाको सेवा पुनःसञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ ।