SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः जलविद्युत् आयोजनामा कार्यरत ११ कर्मचारी सम्पर्कमा

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ जना कर्मचारी सम्पर्कमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले आज दिएको जानकारीअनुसार ६० मेगावाटको अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा हराएका ११ कर्मचारी सम्पर्कमा आएका हुन् ।