SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ १२:१० PM · 1 मिनेट पढाइ

नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा

काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु युएफसी’को फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनल खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँट फाइनलमा पुगेका हुन् । तीन राउण्डको प्रतिस्पर्धामा ढाँट स्प्लिट डिसिजनका आधारमा विजयी भएका हुन् ।