SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

रसुवा बाढीमा जुम्लाका ७८ जनाको अवस्था अज्ञात

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि जुम्लाका ७८ जना सम्पर्कविहीन रहेका छन् । रोजगारीका साथै विभिन्न कामको सिलसिलामा रसुवा गएका उनीहरुको अवस्था तीन दिनदेखि अज्ञात छ । आफन्तजनले खोज तथा उद्धार गरिदिनि अनुरोध गरेकाले सोही अनुसार पहल भइरहेको प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले जानकारी दिए ।