SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

भोटेकोसी बाढी: ४८९ जनाको शव फेला, ३९३ जनाको पहिचान हुन बाँकी

काठमाडौँ । बुधवार रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठुलो जनधनको क्षति भएको छ। बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा अहिलेसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फेला परेका शवमध्ये ३९३ जनाको अझै पहिचान हुन सकेको छैन। बाँकी शवको भने पहिचान खुलेको प्रहरीले जनाएको छ।