बाढीमा बेपत्ता चिनियाँ र नेपाली नागरिकको खोजी तीव्र बनाउन राष्ट्रपति सीको निर्देशन
बेइजिङ । चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले प्रभावितको पुनःस्थापना र राहत कार्यलाई प्रभावकारी बनाउन पनि जोड दिएका छन् ।
