रसुवागढी जलविद्युत् केन्द्रमा फसेका चार कर्मचारीको सकुशल उद्धार
काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका कर्मचारीहरुमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन ्। प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीलाई सुरक्षित रूपमा बाहिर ल्याएको हो ।
