SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेशी, नुवाकोटको बेत्रावती, त्रिशूली, देवघाटलगायतका क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो।