भोटेकोशी बाढीपछि धुन्चेमा अलपत्र परेकाको उद्धार सुरु
भक्तपुर । धुन्चेमा अलपत्र परी बसेकाहरुको खोजी तथा उद्धारगरी घर पठाउने काम सुरुआत गरिएको छ । गत बुधबार भोटेकोशीमा आएको बाढीले विभिन्न जिल्लाका व्यक्तिहरु धुन्चेमा अलपत्रमा परेका थिए । अन्यौलमा परेकाहरुको खोजी तथा उद्धार गरी बागमती प्रदेश सरकारले उनीहरुलाई आ–आफ्नो जिल्लातर्फ पठाउने कामको सुरुआत गरेको हो ।
