SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

काठमाडौँ । भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याएकामध्ये ५९ जनाको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौँका अनुसार बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोटलगायत जिल्लाका ८८ जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याएको थियो ।