SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०२:१० AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः बाँकेका २७ जना सम्पर्कविहीन

राँझा । कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना भोटेकोशीको बाढीपछि सम्पर्कविहीन भएका छन् । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार वेपत्ता भएकाका आफन्तहरूले स्थानीय प्रशासनलाई खोज तथा उद्धारका निम्ति आग्रह गर्दै १४ पुरुष र १३ जना महिला सम्पर्कविहीन भएका जनाएका छन् ।