SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा सुदूरपश्चिमका एक सय जना सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हालसम्म सुदूरपश्चिम प्रदेशका एक सयभन्दा बढी नागरिक सम्पर्कविहीन रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, कैलालीले यहाँका नौवटै जिल्लाबाट आफन्तको खोजीका लागि जानकारी आइरहेको र त्यसक्रममा एक सयभन्दा बढी बढी सम्पर्कविहीन रहेको सूचना आएको जनाएको छ ।