SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०१:५० PM · 1 मिनेट पढाइ

ललितपुरका तीन स्थानीय तहले गरे एक करोड ८० लाख राहतको घोषणा

काठमाडौं । नेपाल-चीन सीमा क्षेत्र रसुवागढीस्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारहरूका लागि ललितपुरका तीन वटा स्थानीय तहले रु एक करोड ८० लाख नगद राहत सहयोग गर्ने घोषणा गरेका हुन् । ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले आज कार्यपालिका बैठक बस्दै नगद राहत सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।