SHARE
अर्थ संवाद · बिहीबार ११ भौ २०८३ ०७:३६ PM · 1 मिनेट पढाइ

रसुवा बाढीपीडितका लागि उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख सहयोग

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ। सरकारले प्राप्त हुने सहयोग रकमलाई एकद्वार प्रणालीमार्फत संकलन गर्ने व्यवस्था गरेको छ।