तराई मधेशमा जुडशीतल पर्वको रौनक
तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा आज जुडशीतल पर्व मनाउन लागिएको हो । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ ।
