रसुवा बाढीः राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार तथा राहतमा जुट्न सरकारलाई आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवा–त्रिशूली कोरिडोर क्षेत्रमा आएको भीषण बाढीबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको भन्दै बाढीलाई राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार तथा राहतमा जुट्न सरकारसँग आग्रह गरेका छन् ।
