SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारणले सो जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन् ।