विपद्पछि उद्धार र पुनर्स्थापनाका लागि राष्ट्रिय एकताको खाँचो: अध्यक्ष राई
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विपद्पछि उद्धार र पुनर्स्थापनाका लागि राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले विपद्पछिको राहत, उद्धार र पुनर्निर्माणको कार्य समेत सावधानीपूर्वक गर्न सरकारलाई आग्रह गरे ।
