SHARE
बासुरी खबर · बिहीबार २ असो २०८२ ०१:०३ PM · 1 मिनेट पढाइ

सेयरको बिषयमा विवादपछि भोटेकोशी गाउँपालिका तोडफोड

भोटेकोशी । सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिकामा तोडफोड गरिएको छ । हाइड्रोपावरले दिनुपर्ने सेयरको विषयमा विवाद चर्कँदा स्थानीयले सिन्धुपाल्चोकको गाउँपालिकामा तोडफोड गरेका हुन् । ४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोसीले विद्युत उत्पादन गरेको दुई दशक हुँदा पनि स्थानीयलाई सेयर नदिएपछि सेयरको विषयलाई लिएर भोटेकोसीमा विवाद बढेको हो ।