SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३ असो २०८२ ११:३४ AM · 1 मिनेट पढाइ

युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार

काठमाडौं । युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपाली नागरिकको उद्धार गरिएको छ । रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी आज अपराह्न नेपाल फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। युक्रेनको सीमासुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली सङ्घ जर्मनीलगायतको सहयोगमा उनीहरुको उद्धार गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार