मन्त्री घिसिङ र गृहमन्त्रीद्वारा प्रहरी अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिए
काठमाडौँ, १ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले आज महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँहरुले आज बेलुका त्यहाँ पुगेर अस्पतालको निरीक्षणसँगै गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
