SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ ०४:१५ AM · 1 मिनेट पढाइ

भोटेकोशीमा तिब्बततर्फबाट पस्यो ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवामा तिब्बततर्फबाट ठूलो बाढी भोटेकोशी नदीमा प्रवेश गरेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार नदीमा पानीको बहाव उच्च रहेको छ। बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन भएर बग्ने त्रिशूली नदी तथा आसपासका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।