SHARE
बासुरी खबर · मङगलबार २ बैशाख २०८२ ०३:१३ AM · 1 मिनेट पढाइ

भारतीय प्रधानमन्त्रीले एक व्यक्तिलाई आफ्नै हातले जुत्ता लगाइदिएको फोटो र भिडियो भाइरल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक व्यक्तिलाई आफ्नै हातले जुत्ता लगाइदिएको फोटो र भिडिओ अहिले भाइरल भएको छ । मोदीले सोमबार संविधान निर्माता भीमराव अम्बेडकरको जयन्तीको अवसरमा हरियाणामा र्‍याली तथा सभालाई सम्बोधन गरेपछि कैथल जिल्लाको खण्ड सीवनस्थित खेड़ी गुलाम अली गाउँका रामपाल कश्यपलाई जुत्ता लगाइदिएका थिए ।