SHARE
हाम्रो खेलकुद · बुधबार १ असो २०८२ ०१:२९ AM · 1 मिनेट पढाइ

१० खेलाडीका बाबजुद रियलको जित

एजेन्सी – रियल म्याड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। १० खेलाडीमा सिमित रहेर खेल अन्त्य गरेको रियलले मार्सेलाई २-१ ले हरायो। पछि परेको खेलमा प्राप्त २ पेनाल्टीलाई केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई जित दिलाए। खेलको तेस्रो मिनेटमै ट्रेन्ट एलेक्जान्डर-अर्नोल्ड ह्यामस्ट्रिङ चोटका कारण बाहिरिँदा रियल समस्यामा परेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद