कर तिर्ने समय एक महिना थप
काठमाडौँ, ३१ भदौ: सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभयो । “कर तिर्ने समय एक महिना थप्ने निर्णय भइसकेको छ ।
