जेनजी आन्दोलनमा तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै चितवन प्रहरी
चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा प्रहरी प्रशासन जुटेको छ । आन्दोलनका क्रममा लिइएका फोटो, भिडियो, प्रत्यक्षदर्शीका भनाइलगायत अध्ययन गर्दै प्रहरीले त्यस्ता व्यक्तिहरूको खोजी थालेको हो । घटनाका दोषीहरूका बारेमा सूचनासमेत प्रहरीले मागेको छ ।
