इन्द्रावती गाउँपालिकामा कमलादेवी मावि उत्कृष्ट
माध्यमिक शिक्षा परीक्षा एसईईमा इन्द्रावती गाउँपालिकाका ६३ दशमलव ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा नगरपालिकाभित्र रहेका १२ माध्यमिक विद्यालयहरूका २६४ विद्यार्थीहरु परीक्षामा सहभागी भएकोमा १६८ जना विद्यार्थी ग्रेडेड भएका छन् ।
