SHARE
बासुरी खबर · सोमबार १६ असार २०८२ ०३:२७ PM · 1 मिनेट पढाइ

मेलम्चीमा ७४ दशमलव १४ प्रतिशत विद्यार्थी उत्तीर्ण

सिन्धुपाल्चोक । माध्यमिक शिक्षा परीक्षा एसईईमा मेलम्ची नगरपालिकामा ७४ दशमलव १४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा नगरपालिकाभित्र रहेका २३ माध्यमिक विद्यालयका ५२६ विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा ३९० जना विद्यार्थी ग्रेडेड भएका छन् । जसमा दुईवटा माध्यमिक विद्यालयका विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण भएको विवरण नगरपालिकाले सार्वजनिक गरेको छ।