SHARE
बासुरी खबर · मङगलबार २ भौ २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

दुई सातासम्मको मौसम पूर्वानुमान दिने ‘इन्स्ट्यान्ट पोर्टल’बारे मेलम्चीमा प्रशिक्षण

मेलम्ची । मेलम्ची नगरपालिकामा विपद् पूर्वसूचना तथा निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन ‘इन्स्ट्यान्ट पोर्टल’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ। RIMES को सहकार्य तथा USAID/अमेरिकी सहयोगमा आयोजित कार्यशालामा नगर प्रमुख आइतमान तामाङको अध्यक्षता रहेको थियो। कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, वडा अध्यक्ष तथा पत्रकारहरूको सहभागिता थियो।