SHARE
बासुरी खबर · मङगलबार ३१ भौ २०८२ १२:५२ PM · 1 मिनेट पढाइ

दशैँको टीकाको साइत सार्वजनिक, ११ बजेर ५३ मिनेट उत्तम

काठमाण्डौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको समितिले आज निकालेको सूचनामा उल्लेख छ । विजयादशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ ।