SHARE
बासुरी खबर · मङगलबार ३१ भौ २०८२ १२:५६ PM · 1 मिनेट पढाइ

मेलम्ची नगरद्वारा जेनजी आन्दोलनमा दिवंगत नेपालीहरु प्रति शोक प्रस्ताव पारित

मेलम्ची । मेलम्ची नगरपालिकाको कार्यपालिका बैठकले हालै भएकाे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालीहरू प्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । भदाै २३ र २४ गते देशव्यापी रूपमा भएकाे आन्दोलनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा सर्वसाधारणहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैठकले गहिरो सहानुभूति प्रकट गरेको हो ।