साफ यू–१७ च्याम्पियनसिपमा नेपाल विजयी
काठमाडौँ, ३० भदौः श्रीलङ्काको राजधानी कोलोम्बोमा भएको साफ यू–१७ च्याम्पियनसिपमा नेपालले घरेलु टोली श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ । कोलोम्बोस्थित कोलोम्बो रेसकवर्समा आज भएको समूह ए अन्तर्गतको खेलमा नेपालले श्रीलङ्कालाई २–० गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा दुवै गोल समिर कुमारले गरे ।
