पर्सामा क्षतिको आकलन गरिँदै : नेपाल टेलिकमको तीन करोड बराबरकोे नोक्सानी
गतहप्ताको आन्दोलनबाट वीरगञ्जको घण्टाघरस्थित नेपाल टेलिकम वीरगञ्जको कार्यालयमा तोडफोड र आगजनीबाट तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ। यही भदौ २४ गतेको आन्दोलनको भीडको सबैभन्दा पहिलो निशानामा टेलिकम परेको थियो।
