साफ यु १७ – नेपालको विजयी सुरुवात
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ च्याम्पियनसिपमा नेपालले विजयी सुरूवात गरेको छ। नेपालले आज घरेलु टोली श्रीलंकालाई २-० ले हरायो। नेपालको जितमा दुबै गोल समिर कुमारले गरे। यो जितले नेपालको सेमिफाइनल सम्भावना बलियो भएको छ। नेपालले सुरूवात देखि नै दबाब बनायो। पहिलो हाफमा नेपालले गोल गर्ने मौका पनि पायो। तर सदुपयोग गर्न सकेन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
