तिन महिलाको पहलमा क्याच एण्ड सर्भ वल नेपालमा विस्तार
महिलाको स्वास्थ्य, आत्मविश्वास र नेतृत्व क्षमता विकासलाई खेलकुदसँग जोड्ने अभियानमा सक्रिय क्याच एन्ड सर्भ बल नेपालले आफ्नो पहिलो वर्ष पूरा गरेको अवसरमा राष्ट्रिय भेला तथा वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साउन ३० गते काठमाडौँमा आयोजित कार्यक्रममा खेलकुदलाई महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यसँगै सामाजिक सहभागिता र नेतृत्व विकासको माध्यमका रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको छ।
