सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी
काठमाडौँ । अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ । एक साता अघिसम्म सुन्दर फूलहरुको बिचमा रहेको सिंहदरबार खण्डहर बनेको देख्दा जो कोही भावुक हुन्छन् । आज ऊर्जा मन्त्रालयमा कार्यरत कर्मचारी पारसमणि राई र उनका साथी प्रेम गौतम प्रधानमन्त्री कार्यालयको भवन नियाल्दै निकैबेर टोलाइरहे ।
