टिचिङ हस्पिटलको बाल शल्य चिकित्सा विभागलाई स्वास्थ्य उपकरण सहयोग
काठमाडौँ । रोटरी न्यातपोलको संयोजनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल), काठमाडौँको बाल शल्य चिकित्सा विभागलाई एक थान भिडियो एक्स–रे मेसिन र दुई थान भेनोमिटर सहयोग गरिएको छ। बाल शल्य चिकित्सा वार्डमा आपतकालिन उपचारको समयमा सहजता सुनिश्चित गर्न पोर्टेबल भिडियो एक्स–रे मेसिन प्रदान गरिएको हो।
