SHARE
मकालु खबर · सोमबार ३० भौ २०८२ ०४:१६ PM · 1 मिनेट पढाइ

सरकारी कार्यालयको सेवा सञ्चालन गर्न सहयोगी हात जुट्दै

सुदूरपश्चिम । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भई सेवा अवरुद्ध भएका कैलालीका सरकारी कार्यालयको सेवा सञ्चालनमा ल्याउन सहयोगी हात जुट्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याउन विभिन्न विद्यालय, व्यवसायी, सङ्घसंस्थाबाट कम्प्युटर, फर्निचर, टेबललगायतका सामग्री सहयोग स्वरुप प्राप्त भइरहेको जानकारी दिए ।