SHARE
बासुरी खबर · सोमबार ३० भौ २०८२ ०८:२५ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री खनालद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गराउन पुरक बजेट ल्याउने बताएका छन् । साथै टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउने तयारी गरेका छन्। आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खनालले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका हुन्।