SHARE
बासुरी खबर · शुक्रबार​ १३ असार २०८२ ०३:१७ AM · 1 मिनेट पढाइ

सिपापोखरेमा गाउँपालिकास्तरीय भलिबलको रौनक

सिन्धुपाल्चोक । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर –७ मा गाउँपालिका स्तरीय दोस्रो वडाध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिता भइरहेको छ । शहीद स्मृति कबर्ड हलमा प्रतियोगिता आयोजना गरिएको छ । खेलको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उद्वाटन गरे ।