SHARE
Samata Press · मङगलबार २६ साउन २०८३ ११:२७ PM · 1 मिनेट पढाइ

ललितपुरमा अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना

ललितपुर । ललितपुरको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना सात दिनभित्र हटाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ । आयोजनाको व्यवस्थापन उपसमितिको बैठकले गत असार ३१ गते स्वीकृत गरेको नक्सा तथा लेआउटअनुसार ए, बी र डी ब्लकको बीचबाट कायम गरिएको ६ मिटरको बाटो फिल्डमा समेत कायम गरी ढलान गर्नुपर्ने भएकाले उक्त बाटोको सीमाभित्र पर्ने भौतिक संरचना हटाउन सूचना जारी गरिएको हो । जिल्ला आयुक्तको कार्यालय, ललितपुरअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजना, ललितपुर महानगरपालिका–१५ मेल्याले साउन २६ गते सूचना जारी गर्दै आयोजनाभित्र कुनै पनि जग्गाधनीको जग्गामा अन्य व्यक्तिले अनधिकृत रूपमा संरचना निर्माण गरेको भए सात दिनभित्र हटाउन भनेको छ । सूचनामा तोकिएको अवधिभित्र अनधिकृत संरचना नहटाए आयोजनाको तर्फबाट त्यस्ता संरचना हटाइने र सम्बन्धित व्यक्तिविरुद्ध आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख छ । आयोजनाले स्वीकृत नक्सा तथा लेआउटअनुसार सडक निर्माण तथा ढलानको काम अघि बढाउन बाटोको सीमाभित्र रहेका संरचना खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।