SHARE
Samata Press · मङगलबार २६ साउन २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

उद्यमशीलताको विकासले मात्रै युवाहरूलाई स्वदेशमा रोजगारी दिन्छ : मेयर थापा

अर्घाखाँची। भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले उद्यमशीलताको विकासले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुका साथै स्थानीय स्रोतसाधनको उपयोग र आम्दानी वृद्धि गरी जीवनस्तर माथि उठाउने बताएका छन्।  दलित महिला संघ (फेडो) र दलित चेतना विकास परिषद् अर्घाखाँचीको आयोजना तथा युएन वुमन (UN Women) को साझेदारीमा आयोजित १ दिने उद्यमशीलता विकास कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले सो कुरा बताएका हुन्।  कार्यक्रममा मन्तव्य राख्दै प्रमुख थापाले उद्यमशीलताले मानिसलाई जीविकोपार्जनमा मात्र सीमित नराखी चौतर्फी विकासतर्फ दोहोर्याउने उल्लेख गरे। नगरवासीलाई उद्यमशीलतामा प्रेरित गर्न स्थानीय सरकार बनेपछि व्यावसायिक कृषिदेखि विभिन्न विषयमा तालिम प्रदान गर्दै आत्मनिर्भर बनाउने काम भइरहेको र यसले विशेष गरी महिलाहरूलाई आयआर्जनमा जोड्न ठूलो सहयोग पुर्‍याएको उनले बताए।