SHARE
Samata Press · सोमबार २५ साउन २०८३ ०६:१५ PM · 1 मिनेट पढाइ

कांग्रेस सांसद काउचा भन्छिन्- प्रधानमन्त्री ज्यू, कालो चस्मा खोल्नुस्, तपाई एक्लै हुनुहुन्नँ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्ने बताएकी छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले संसदले प्रश्न सोध्नु घेराबन्दी नभएको र प्रतिपक्षले जवाफ माग्नु असहयोग नभएको बताइन् ।  ‘प्रधानमन्त्रीज्यू, संसदले प्रश्न सोध्नु घेराबन्दी होइन, प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन,’ उनले भनिन्। सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू ‘एक्लो महसुस’ गरेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो भन्दै उनले प्रश्न गरिन्।