SHARE
ओएसनेपाल · बिहीबार २६ भौ २०८२ ०२:४९ PM · 1 मिनेट पढाइ

तनहुँ कारागारबाट भागेका २२ कैदीबन्दी नियन्त्रणमा

डुम्रे (तनहुँ), २६ भदौः जिल्ला कारागार तनहुँबाट भागेका ३२७ मध्ये २२ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अशोक थापाले उक्त जानकारी दिनुभयो । कारागार प्रशासनले फरार भएका कैदीबन्दीका परिवार र आफन्तसँग सम्पर्क गरेर सुरक्षित फिर्ताका लागि आग्रह गरेको छ ।