सुर्खेतमा पुनः कर्फ्यु ,वीरेन्द्रनगमा उच्च सुरक्षाका लागि सेना परिचालन
कर्णाली, २६ भदौः सुर्खेत पुनः कर्फ्यू लागेको छ । जिल्ला प्रशासनले आज बेलुका ७ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो । पछिल्लो विकसित घटना क्रमलाई मध्यनजर गरी कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिनुभयो ।
