SHARE
अर्थ संवाद · सोमबार २५ साउन २०८३ १२:५३ PM · 1 मिनेट पढाइ

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सर्वसाधारणका लागि खुलाइने

काठमाडौं । औपचारिक रूपमा उद्घाटन भइसकेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि सञ्चालनमा आएको छैन । सडक विभागले भने सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्ने जनाएको छ । हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको विभागले जनाएको छ ।