SHARE
हाम्रो खेलकुद · बुधबार २५ भौ २०८२ ०५:०३ AM · 1 मिनेट पढाइ

अर्जेन्टिना इक्वेडरसँग पराजित

एजेन्सी – विश्व कप छनोटको अन्तिम खेलमा अर्जेन्टिना १-० इक्वेडरसँग पराजित भएको छ। पहिलो हाफमा इक्वेडरले धेरै आक्रमण गर्दा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले दुई पटक उत्कृष्ट बचाउ गरे। लियोनार्दो बालेरदीले पनि पेनाल्टी बक्सबाट बचाउ गरे। तर अर्जेन्टिनाले धेरै अवसर सिर्जना गर्न सकेन। ६५औँ मिनेटमा निकोलास ओटामेन्डीले भ्यालेन्सियालाई पछाडिबाट धकेलेपछि रातो कार्ड पाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद