SHARE
Samata Press · आइबार​ २४ साउन २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलद्वारा खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ । पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार ४ गुणा बढेको, १०५ बाट १५० प्रकारका औषधि उत्पादन गर्ने र ३५ निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको अठोटप्रति आभार व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले विगतमा आफूले ल्याएका सुविचारित नीति र योजनाकै जगमा संस्थाले गति लिएकोमा खुसी व्यक्त गरेका हुन्। नसर्ने रोग ३० प्रतिशतले घटाउन "राष्ट्रिय आयुर्वेद रणनीति (१० वर्षे) तथा २० औषधिमा खुम्चिएको ३७० वर्ष पुरानो वैद्यखानालाई ६० प्रतिशत बजार हिस्सा र GMP सहित पुनर्जीवन दिन प्राथमिकता प्राप्त "५ वर्षे रणनीतिक योजना" लागू गरिएको उनले स्मरण गरेका छन्।